देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुग्यो

देशान्तर

काठमाडौँ — फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार मंगलबार सिरिन्ज आइपुगेको हो ।

महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले मंगलबार २स्५० को फ्लाइटमा सिरिन्ज नेपाल आइपुगेको जानकारी गराए ।

खोपका लागि आवश्यक पर्ने घोलक भने गत बुधबार नै आइसकेको छ । उनले भने–‘घोलक संगै सिरिन्ज पनि आइपुगेको छ । अब खोप अभियान पनि छिट्टै सुरु हुनेछ ।’

सरकारले ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने जनाएको थियो । ६ लाख ६४ हजार ५६० मात्रा खोप आएपनि समयमा घोलक र सिरिञ्ज नआएपछि खोप अभियान स्थगित हुन पुगेको थियो ।