काठमाडौ — राजापुर नगरपालिका–१० ढुण्डीपुरपुरमा मंगलबार जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल भारत सिमाना नजिक ढुण्डीपुर गाउँको गहुँ र तोरी खेतमा हात्ती मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
नेपाल भारत सीमानाको ९३ र ९४ नम्बरको विद्युतीय धरापमा परेर मृत्यु भएको अनुमान बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
घटनास्थलमा निकुञ्ज, वन कार्यालयलगायतका टोली अनुसन्धानका लागि गएको उनले जनाए । तीन दिन अघि यहाँ जंगली हात्तीको आक्रमणबाट धुरिया थारुको मृत्यु भएको थियो ।
एक दशकयता बर्दियामा विद्युतीय धरापमा परी चारवटा हात्ती मारिएका छन् ।





प्रतिक्रिया