काठमाडौँ – केएमसीले एमबीबीएस अध्ययनमा बढी शुल्क माग गरेको विरोधमा आन्दोलनरत विद्यार्थी ।
काठमाडौं – काठमाडौं मेडिकल कलेज (केएमसी) ले शुल्क घटनाउन नसकिने अडान लिएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भएको वार्ता निश्कर्षविहीन भएको छ ।
केएमसीले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विषयमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी र कलेजका प्रतिनिधिबीच छलफल भएको थियो । तर छलफलका क्रममा कलेजका प्रिन्सिपल रवीन्द्रनाथ शर्माले आफूहरुले बढी शुल्क नलिएको जिकिर गर्दै शुल्क घटना अस्वीकार गरेका थिए ।
चिकित्सा शिक्षा आयोगले तोकेको शिक्षण शुल्क भन्दा बढी शुल्क माग गरेको भन्दै केएमसीमा एमबीबीएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।
बिहीबार अनुगमनमा गएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुल्क विवाद वार्तामार्फत समाधान गर्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गरेका थिए ।





प्रतिक्रिया