देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकै दिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं– देशभर थप ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ। यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९७।९ प्रतिशत रहेको छ ।

हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन्। कोभिड–१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन।