देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्माणधीन घरमा बालिकाको शव फेला

देशान्तर

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका-१६ नगवामा एक बालिकाको शव भेटिएको छ ।

वीरगञ्ज – १५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

शव निकाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।