जनकपुरधाम – करिब १६ महिनादेखि थन्किएको रेलेको दोस्रो परीक्षण गरिएको छ। धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वा स्टेशनमा उक्त रेल डेढ वर्षदेखि त्रिपालमुनि रहेको थियो।
रेल्वे ट्रयाक्क र रेलको इन्जिनको अवस्था बुझ्न इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल गुडाइएको हो। यसअघि सरकारले भारती रेल्वे कम्पनी कर्पोरेसनबाट ९कोंकण०बाट किनेर पहिलो परीक्षण गरेको थियो।
गत वर्ष ३ असोजमा उक्त रेलले नेपाली भूमी टेकेको थियो। कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए।
नेपाली रेलको ट्रयाक्क निर्माण भए पनि उक्त रेल अझैसम्म सञ्चालन हुन सकेको छैन।





प्रतिक्रिया