देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

९४४ जनामा संक्रमण, सक्रिय संक्रमित ६ हजार नाघे

देशान्तर

काठमाडौं – नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

१३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो । ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाका कारण मृत्यु शून्य छ।

संक्रमणमुक्त हुनेको संख्या घट्ने र संक्रमित बढ्ने हुँदा सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन्।

तीमध्ये ५ हजार ६ सय ३१ जना होम आइसोलेसनमा छन् भने ५ सय ९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।