देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागमती प्रदेशले बढायो ट्याक्सी भाडा, ६० रुपैयाँबाट मिटर सुरु, मोटरसाइकल राइडिङ झनै फस्टाउने

देशान्तर


काठमाडौं-बागमती प्रदेश सरकारले ट्याक्सी भाडा समायोजन गर्ने निणर्य गरेको छ ।
ट्याक्सी सेवाको भाडादर समायोजन गरेको सरकारले उपत्यकाभित्र पहिलो १ किलोमिटरसम्मको यात्राको फ्लाग डाउन (मिटर सुरू) ६० रुपैयाँ कायम हुने निणर्य गरेको हो ।
ट्याक्सीको सत्रुको रुपमा टुटल, पठाओलगायतको मोटरसाइकल ट्याक्सीले बजार विस्तारसँगै सरकारले ट्याक्सी भाडा बठाउँदा झनै ट्याक्सीलाई समस्या पर्ने देखिए पनि भाडा बढाएको छ । अहिले ट्याक्सी भन्दा मोटरसाइकल ट्याक्सीको भाडादर कम रहेको छ ।
ट्याक्सीमा सुरुको एक किलोमिटर पछि प्रति २ सय मिटरको ९ रुपैयाँ ८० पैसा रुपैयाँका दरले थप हुनेछ । भाडादर समायोजनपछि ट्याक्सीहरुले पूणर्रुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने सर्त पनि राखिएको छ ।

सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा प्रयोग भएको भिजिटिङ कार्ड उपलब्ध गराउन पनि भनेको छ ।

ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा दिनेले सुरक्षित राखेर प्रहरीलाई सूचना दिनुपर्ने र ट्याक्सी नियमित रुपमा सरसफाई गरि लैङ्गिक विभेदरहित सेवाग्राही मैत्री व्यवहार गर्न पनि भनेको छ ।