तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
व्यास नगरपालिका–१ तालघरेमा आइतबार बिहान ३ बजे जीप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका–६ का चालक ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको हो ।
दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग ३ च ३७७८ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका थापालाई उपचारका लागि दमौली अस्पताल ल्याइएको थियो। अस्पतालमा ल्याउनेबित्तिकै चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया