
काठमाडौं- कथित माता भनेर चिनिने उर्मिला तामाङ शाहीले शिविरमा राखेर उपचार गराएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको हत्या आरोपमा पक्राउ गरिएकी माता र अन्य दुईविरुद्ध मुद्दा दर्ता भइसकेको छ । घटनाबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै निक्र्यौल गर्न सकिने महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले देशान्तरलाई बताए ।
‘त्रिशुल रोपेर हत्या गरिएको भन्ने आफन्तबाट आएको छ । यसबारे हामीले अहिले नै भन्न मिल्दैन । माताकोमा उपचार गर्न भनेर राखिएको बच्चाको मृत्यू भएको चाहिँ सत्य हो,’ उनले भने ।
बालिकाको आइतबार पोष्टमार्टम गरिएको भए पनि रिपोर्ट प्रहरीले समाचार तयार गर्दासम्म गरेको छैन । माता भनिने काठमाडौंको रानीवन निवासी उर्मिला तामाङ शाहीलाई शनिबार बेलुका नै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको डीएसपी केसीले बताए ।





प्रतिक्रिया