काठमाण्डौ । काठमाण्डौको छुट्टाछुट्टै दुई ठाउँमा दुर्घटना हुँदा दुई पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परि कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको मृत्यू भएको हो ।
विकलाई काठमाण्डौको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गएराति टिपरले ठक्कर दिएको हो । २२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।
यस्तै गौतमलाई काठमाण्डौको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो ।
६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया