देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि मौसम बिस्तारै खुल्ने

देशान्तर

काठमाण्डौ । आजदेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

वाग्मती प्रदेशमा आजैदेखि पारिलो घाम लाग्न थाल्ने र अरु प्रदेशमा भने पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म नै रहनेछ । यस प्रणालीको प्रभावका कारण केही दिनदेखि मौसम बद्ली भएर केही ठाउँमा वर्षा र हिमपात भएको छ ।

आज पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलि पनि सुदूरपश्चिम र प्रदेश–१ का एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।