काठमाडौँ । दलहरूले संसद्लाई स्वार्थ पूरा गर्ने थलो बनाएपछि कोरोना रोकथाम, नियन्त्रण र उपचार गर्ने कानुनी आधार अलपत्र परेको छ ।
वीर अस्पताललाई युनिफाइड अस्पताल बनाउने विधेयक नै संसद्मा रोकिएपछि संक्रमितको एकीकृत उपचार गर्ने काम प्रभावित बनेको छ ।
प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध हुँदै आएको छ । संसद्मा पेस भएका अत्यावश्यक विधेयक एमालेको निरन्तर अवरोधका कारण अघि बढ्न सकेका छैनन् । प्रतिनिधिसभाको पुस १८, २२ र २८ गते बोलाइएका बैठक ‘विशेष कारण’ भन्दै स्थगित हुँदै आएको छ । राष्ट्रिय सभाको बैठक पनि सूचना टाँस गरेर दुई पटक स्थगित भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर पुष्टि भएका १ हजार ४ सय ४६ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८ सय ७६ जना अर्थात् ६० प्रतिशतभन्दा बढी संक्रमित भएका छन् । संक्रमणको रेड जोनमा काठमाडौं, भक्तपुर र ललितपुर देखिएका छन् ।
काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा मात्रै २ सय ९९ जना बिरामी छन् । आईसीयू र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ ।





प्रतिक्रिया