देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र बिदाइ गर्न नपाउने

देशान्तर

काठमाडौँ — कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ ।

कोभिड १९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ ।

हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआउन कार्यालयले सूचना जारी गरेको छ ।

अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास पनि उपलब्ध नगराइने विमानस्थल कार्यालयले जानाएको छ ।