देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुम्लामा सार्वजनिक सेवा पाउन खोप कोर्ड अनिवार्य

देशान्तर

काठमाडौँ – जुम्ला–जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । २७ पुसमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले बताइन् । यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ ।

७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।