धनगढी । बैतडीमा हत्या गरेर ओढारमा गाडेको अवस्था एक जनाको शव फेला परेको छ ।
जिल्लाको सुुर्नया गाउँपालिका–६ स्थित धुुलिधार जंगलको ओढारमा बुुधबार स्थानीय ३२ वर्षीय डम्बर अवस्थीको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले गत मंसिर १४ गतेदेखि बेपत्ता रहेका अवस्थीको शव ओढारमा गाडेको अवस्थामा भेटिएको जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालतर्फ लैजादै गरेको बताउँदै प्रहरी निरीक्षक ओझाले अनुुसन्धानपछि थप कुरा खुुल्ने जानकारी दिए ।





प्रतिक्रिया