देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धादिङमा डोजरसहित पहिरोमा पुरिएका तीनै जनाको खुल्यो पहिचान

देशान्तर

धादिङ – धादिङको रुबी भ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित पुरिएका तीन जनाकै पहिचान खुलेको छ । उत्तरी धादिङको रुबिभ्याली-१ पुरुमा बिहीबार बिहान पहिरोले डोजरसहित तीन जना पुरिएका थिए ।

पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् । सडक खन्दै गरेको बेला माथिबाट खसेको पहिरो अहिले पनि खस्ने क्रम नरोकिएकाले उद्धार गर्न कठिन भएको स्थानीय शिक्षक टेक घलेले जानकारी दिए ।

रुबिभ्याली-१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा पहिरो खसेको हो । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दूरीमा पर्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।