देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरमा आइतबारबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु

देशान्तर

काठमाडौँ — काठमाडौं उपत्यकाको ललितपुर जिल्लामा आइतबारबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ । काठमाडौं जिल्लामा भने सोमबारबाट र भक्तपुरमा मंगलबारबाट मात्रै खोप दिन थालिने बताइएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिष विष्टका अनुसार आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरिएको हो । उनका अनुसार ललितपुर जिल्लाका हरेक स्थानीय तहबाट खोप दिइने छ ।

यस्तै, काठमाडौंबाट भने सोमबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २ गतेदेखि फ्रन्टलाइनमा काम गर्नेहरूलाई बुस्टर दिने घोषणा गरेपनि केही प्रवाधिक तयारी गर्नुपर्ने भएकाले आइतबार बुस्टर दिन नसकिएको हो ।

उनका अनुसार काठमाडौं उपत्यकामा १८ स्थानबाट खोप दिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । हामीले खोप कहाँ(कहाँ कति मात्रा पठाउने लगायतका विभिन्न प्राविधिक विषयमा अन्तिम तयारी गरिरहेका छौं । भोलीबाट बुस्टर लगाउन सुरू गर्छौं, उनले भने ।

साथै, भक्तपुरमा भने मंगलबारबाट खोप दिन थालिने छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार केन्द्रबाट खोप ल्याउने कार्य भइरहेकाले मंगलबारबाट मात्रै खोप दिन लागिएको हो । उनका अनुसार भक्तापुरमा हरेक स्थानीय तह तथा स्वास्थ्य कार्यालयहरूबाट खोप लगाउने व्यवस्था मिलाइँदै छ ।