देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना भाइरसको संक्रमण दर तिव्र ,२५ हजार बढी सक्रिय संक्रमित

देशान्तर

काठमाडौ – नेपालमा कोरोना भाइरसको संक्रमण दर तिव्र रुपमा बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमण दर आज ९आइतबार० सम्म ३६।१ प्रतिशत पुगेको हो। जवकी गत महिनाको यही समयमा संक्रमण दर २ प्रतिशत थियो।

नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या २५ हजार ६८० रहेको छ। पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो। मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो। बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन्।

मन्त्रालयका अनुसार ७ जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ५ सयभन्दा बढी रहेका छन्। यसमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र कास्की रहेका छन्।