देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली मोबिल बनाई बिक्री वितरण गर्ने पक्राउ

देशान्तर


काठमाडौं-रौतहट प्रहरीले नक्कली मोबिल बनाई बिक्री वितरण गर्ने दुईजनालाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका- ९ का २८ वर्षीय राणारौशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंहलाई पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ ।

उनीहरूले झुक्यानमा पारेर क्यास्ट्रोल, बजाज, हिरोहोन्डालगायत कम्पनीहरूको लोगो प्रयोग गरी उक्त कम्पनीहरूको मोबिल तथा पार्टसहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट मोबिल भरिएको तीन हजार बट्टा, खुला मोबिल भरी राखेको दुई सय लिटरको टिनको ड्रम दुईवटा र नौवटा मोबिल राख्न प्रयोग गरिएको टिनको खाली ड्रम बरामद गरेको प्रहरीले जनाएको छ ।