
काठमाडौं-राहदानी विभागका कर्मचारीमा कोरोना संक्रमण फैलिएपछिसेवा कटौती गरिएको छ ।
विभागले कार्यालयका कर्मचारीहरुमा कारोना भाइरसको कारण विदेशमा उपचारका लागि विदेश जाने जस्ता गम्भीर प्रकृतिका अतिआवश्यक बोहकका सेवा स्थगित गरेको जनाएको हो ।
विभागले एक सूचना जारी गर्दै भनेको छ, ‘विभागका कर्मचारीहरुमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भिर प्रकृतिका अत्यावश्यक सेवा बाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ । यस पूर्व विभागले दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन गरिएको छ ।’
विभागले विदेशमा उपचारका लागि जाने र अति आवश्यक काम परेको अवस्थामा (झभचनभलअथ२लभउबउिबककउयचत.नयख.लउ) मा अनलाईन फारम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध दिन आग्रह गरेको छ ।
विभागले सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे दुई कार्य दिन भित्र इमेलबाटै जानकारी गराउने पनि बताएको छ ।





प्रतिक्रिया