देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोटेश्वरमा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

देशान्तर

काठमाडौं । काठमाण्डौँको कोटेश्वरमा मोटरसाइल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार एकजना घाइते भएका छन् ।

तिनकुनेबाट कोटेश्वर तर्फ जाँदै गर्दा गएराति साढे ११ बजे प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो । लिम्बुको राति नै उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

aसो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपरसहित चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।