देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल बारले अब भर्चुअल आन्दोलन गर्ने

देशान्तर

काठमाडौँ । आन्दोलनरत नेपाल बार एशोसिएशनले कोभिड–१९ को प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै आएको एसोसिएसनले अब भर्चुअल माध्यमबाट अन्र्तक्रिया गरी आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

एसोसिएसनले विज्ञप्ति जारी गर्दै न्यायपालिकालाई स्वतन्त्र र नियमित रुपमा सञ्चालन गर्न प्रधानन्यायाधीशको राजीनामा अन्तिम विकल्प बनेको भन्दै आन्दोलनलाई निरन्तर जारी राख्नुको पनि विकल्प नभएको जनाएको छ ।

पछिल्लो समय फैलिएको कोरोना सङ्क्रमणका कारण बार एसोसिएसनको आन्दोलनमा सहभागी ३ दर्जन कानुन व्यवसायीमा सङ्क्रमण भई उपचाररत रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

यसबीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सक्रिय भई थप भूमिका लिन खोजे भौतिक रूपमै विरोध कार्यक्रम गर्ने चेतावनी पनि बारले दिएको छ । आफूहरुको आन्दोलनका कारण न्यायाधीशको सरुवा, नियुक्ति, कर्मचारी बढुवा लगायतका कार्य रोकिएको भन्ने आरोपको एशोसिएशनले खण्डन गरेको छ ।