देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल मेडिकल काउन्सिलले स्थगित गरेको परीक्षा हुदै

देशान्तर

काठमाडौ – नेपाल मेडिकल काउन्सिलले यसअघि स्थगित गरेको विशेष परीक्षा माघ २१ र २२ गते हुने भएको छ। काउन्सिलले आज सार्वजनि सूचना निकाल्दै परीक्षा मितिका विषयमा जानकारी दिएको हो।

यसअघि काउन्सिलले देशमा बढिरहेको कोभिडका कारण परीक्षा स्थगित गर्नुपरेको जनाएको थियो। काउन्सिलले माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको थियो। काउन्सिल कर्मचारी र पदाधिकारीमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि परीक्षा स्थगित भएको काउन्सिलले जनाएको थियो।

सोही स्थगित परीक्षा काउन्सिलले २१ र २२ गते गर्ने निर्णय गरेको हो।