देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बुद्ध एअरको जहाज आकाशमा होल्ड हुँदा आत्तिएर एक यात्रु बेहोस

देशान्तर

काठमाडौ – काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन् । मौसम खराब हुँदा बिहान झण्डै आधा घण्टा जहाज नेपालगञ्जको आकाशमा होल्ड भएको थियो ।

काठमाण्डौ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आत्तिएर बेहोस भएकी उनलाई तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । अहिले थापाको आवस्था सामान्य छ ।

बिहान काठमाण्डौबाट ८ बजे उडान भरेको बुद्ध एअरको जहाज ८ बजेर ५५ मिनेटसम्म अवतरण गर्नुपर्नेमा भिजिबिलिटी कम हुँदा ९ बजेर २५ मिनेटमा अवतरण भएको थियो । मौसमको खराबीका कारण जहाजलाई आकाशमा होल्ड गराउनु सामान्य भए पनि यात्रु आत्तिएको बुद्ध एअर नेपालगञ्जले जनाएको छ ।