देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

देशान्तर

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ।

बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापकसमेत संक्रमित भएका कारण परीक्षा रोकिएको त्रिविले जनाएको छ।

हाल त्रिविद्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ।