देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द

देशान्तर

काठमाडौं – नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द गरिने भएको छ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शनिबारदेखि सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको थियो। आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

उपत्यकामा हनुमानढोका दरबार संग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत संग्रहालय छन्।

कोरोना बढ्दै गएपछि सरकारले भीडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय पनि बन्द गर्न लागेको हो। अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ।