देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

देशान्तर

काठमाडौ – काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय विपरीत महानगरपालिका भित्रको केही विद्यालयहरु खुलिरहेको गुनासो आएको विभाग अधिकृत सुवेदीले बताए । उनले भने, ‘यस्तो महामारीमा सरकारको निर्णय विपरीत केही विद्यालय खुलिरहेको भन्ने गुनासो आएको छ । हामीले तत्काल बन्द गर्न निर्देशन दिएका छौं । यदि बन्द नगरेको पाइए कारबाही गर्नेछौं ।’

महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका गुनासो आएको अधिकृत सुवेदीले जानकारी दिए ।