देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इन्टरनेट सुस्त : मुम्बई–खाडी मार्गको सबमरिनमा समस्या

देशान्तर

काठमाडौं – केही दिन यता इन्टरनेट सुस्त भएको धेरै उपभोक्ताको गुनासो छ ।

इन्टरनेट सेवा प्रदायकहरुसँग इन्टरनेट सुस्त भएको गुनासो गर्ने क्रम पनि बढेको छ । अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने केबलमा समस्या देखिएका कारण नेपालमा पनि इन्टरनेट सेवा प्रभावित भएको सेवा प्रदायकहरुले जनाएका छन् ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले विज्ञप्ति जारी गर्दे विश्वभर इन्टरनेट सेवा प्रवाहको लागि समुद्रमुनी बिछ्याइएको तारमा समस्या आएकाले सेवा प्रभावित भएको प्रष्टिकरण दिएको छ ।

मुम्बई–खाडी मार्गको सबमरिन (समुद्रमुनी बिछ्याइएको तार) मा समस्या देखिएको सेवा प्रदायकले जनाएका छन् । नेपालमा इन्टरनेट भित्र्याउने अपस्ट्रिम प्रोभाइडर टाटा, एयरटेलजस्ता सेवा प्रदायकले समुद्रमुनी बिछ्याएको तारमा समस्या देखिएपछि वैकल्पिक मार्ग उपयोग गरिएको विज्ञप्तिमा जनाइएको छ ।

वैकल्पिक मार्ग प्रयोग गर्दा इन्टरनेट सेवामा लेटेन्सी (हामीले खोजेको सामग्री सर्भरबाट आइपुग्न लाग्ने समय) बढ्ने र प्याकेट ड्रप (हामीले खोजेको समग्री नआइपुग्ने)हुने समस्या देखिएको सेवा प्रदायकले जनाएका छन् ।

समुद्रमुनी बिग्रिएको तार मर्मतको लागि अनुमति लिने, मौसमजस्ता कारणले केही साता मर्मतको लागि सेवा प्रदायकले जनाएका छन् ।