काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै शुक्रबार राति १२ बजेदखि जोरबिजोर प्रणाली लागू हुँदैछ ।
सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले जोरविजोर लागू गर्ने आदेश जारी भइसकेको छ ।
शुक्रबार फेरि जिल्ला प्रशासन कार्यालय ललितपुरले अर्को विज्ञप्ति जारी गरेर जोरबिजोर लागु नहुने क्षेत्रहरुबारेसमेत जानकारी गराएको छ । प्रशासनका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववहान, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागु हुने छैन ।
यस्तै खाद्यन्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंछीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाउनेछन् ।





प्रतिक्रिया