देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ। यही अवधीमा ३ जनाको मृत्यु भएको छ। कुल मृतकको संख्या ११ हजार ६३५ जना पुगेको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन्।