देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भिजिट भिसामा खाडी राष्ट्र तथा मलेसिया जान रोक (विज्ञप्तिसहित)

देशान्तर


काठमाडौं-कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निणर्य गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तीमा जारी गरेर बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसियागई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै भिटिज भिसामा जान रोक लगाएको हो ।

मन्त्रालय द्वरा विज्ञप्तीमा भनिएको छ, ‘कोभिड-१९’को ओमिक्रोण भेरियन्टको संक्रमण स्वादेश तथा विदेशमा तीब्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उदेश्यले खाडी राष्ट्र र मलेसियामा गई विचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचना प्राप्त भएकोले मिति २०७८ माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’