देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वर्षा र हिमपातको सम्भावना

देशान्तर

काठमाडौँ — पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवाँलो लागेकाले केही चिसो महसुस गरिएको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।