देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड पत्नी सितालाई कोरोना संक्रमण

देशान्तर

काठमाडौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणपछि उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको जनाइएको छ ।

लामो समयदेखि स्वास्थ्य समस्या रहेकी सिताको दुई दिनअघि पीसीआर परीक्षण गरिएको थियो । परिक्षणमा रिपोर्ट पोजटिभ आएको बताइएको छ । यसअघि उनलाई भारत तथा सिंगापुरमा पटक पटक उपचारको लागि लगिएको थियो । तर उनी पूर्णरुपमा निको भएकी थिइनन् ।