देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपहरणपछि सामूहिक बलात्कार

देशान्तर


काठमाडौं-मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक महिला अपहरणपछि सामूहिक बलात्कारको शिकार बनेको पाइएको छ ।

सुन्दरहरैंचास्थित आफन्तकोमा बस्दै आएकी ३१ वर्षीया महिलामाथि गत शुक्रबार अपहरणपछि बलात्कार भएको हो ।
इटहरीस्थित एक स्वास्थ्यकर्मीको घरमा घरेलु कामदार रहेकी उनी काम सकेर फर्कने क्रममा अपहरणमा परेकी थिइन् ।

इहटरीबाट शुक्रबार दिउँसो ३ बजेतिर गछियास्थित बहिनीको घर जाँदै गरेकी उनी बहिनीको घर नपुग्दै अपहरणमा परेकी थिइन् ।

प्रदेश २-०१-००१ च २२७ नम्बरको मारुती भ्यानमा आएका तीन युवाले जबरजस्ती गाडीमा राखेर उनलाई सुन्दरहरैचा-४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पुर्‍याएको र रातभर सामूहिक बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ ।

महिलाको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सुन्दरहरैंचा-४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जना फरार छन् । उनको पनि खोजी भइरहेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए ।

होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।