देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी व्यक्ति मात्र जान पाउछन् भिजिट भिषामा खाडी र मलेसिया

देशान्तर

काठमाडौ । गृह मन्त्रालयले भिजिट भिषामा खाडी र मलेसिया जान रोक लगाउने निर्णय केही संशोधन गरेको छ ।

आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तीअनुसार सरकारी कामको सिलसिलामा जानुपर्ने सरकारी प्रतिनिधिहरु, अन्तरराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु एवम् अन्तरर्राष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधीहरु भिजिट भिषामा जान सक्नेछन् ।

यसैगरि नेपालमा सामान आयात–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधी र खाडी राष्ट्रबाहेक अन्य दुई देशको पर्यटक भिषामा भ्रमण गरिसकेकाले पनि भिजिट भिषामा जान सक्नेछन् ।