देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इन्जिनियरिङको स्नातक तहमा भर्ना खुल्यो

देशान्तर

काठमाडौं – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०७८र०७९ को स्नातक तह ९बी।ई र बी।आर्क० कार्यक्रममा भर्ना खुला गरेको छ ।

त्रिविले पाँच आंगिक क्याम्पसहरू र १० सम्बन्धन प्राप्त कलेजहरूको लागि आवेदन माग गरेको हो ।

संस्थानले सूचना जारी गर्दै प्राप्त आवेदनहरूको आधारमा कम्प्युटर विधिमार्फत संचालन गरिने प्रवेश परीक्षा फागुन ८ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र पुल्चोकमा सञ्चालन गरिने उल्लेख गरेको छ ।

संस्थानले सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्सलगायतका १२ वटा कार्यक्रमका लागि आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले माघ १३ गते बिहान १० बजेदेखि २७ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । विद्यार्थीले प्रवेश परीक्षा शुल्क बापतको रकम दुई हजार सिद्धार्थ बैंकको कुनै पनि शाखाबाट कुनै पनि सेवा उपयोग गरी जम्मा गर्न सक्ने संस्थानले जनाएको छ ।