देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली सेनाको भर्ना छनोट परीक्षा स्थगित

देशान्तर

काठमाडौ – कोरोना महामारीको बढ्दो संक्रमणका कारण नेपाली सेनाले नयाँ भर्ना छनोट कार्यक्रम रोकेको छ । नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरूको वार्षिक कार्यतालिकाअनुसार सञ्चालन हुने भर्ना छनोट परीक्षा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको नेपाली सेनाले जनाएको छ ।

सेनाले वार्षिक कार्यतालिका बनाएर हरेक वर्ष विभिन्न रिक्त दरबन्दीमा पदपूर्ति गर्दै आएको छ ।