देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आयोगको आग्रह(विज्ञप्तिसहित)

देशान्तर


काठमाडौं-निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो ५ जेठबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचन मिति तोक्न आग्रह गरेको हो ।
यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पटक पटक ध्यानाकर्षण गराएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेर आयोगले दिएको जानकारी अनुसार१४ वैशाख २०७९ र २२ वैशाख २०७९ मा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न आयोगको तर्फबाट प्रस्ताव गरिएको छ ।