देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने :गृहमन्त्री खाँड

देशान्तर

काठमाडौं-गृहमन्त्री बालकृष्ण खाँडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच आज भएको छलफलमा खाणले नेपालको विमानस्थल प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

उक्त बैठक गृहमन्त्री खाँडकै अध्यक्षतामा बसेको थियो । नेपाललाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन विमानस्थललाई व्यवस्थित बनाउनुपर्नेमा उनको जोड थियो । मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई प्रविधियुक्त बनाउन सरकार लागिपरेको उनले जानकारी दिए ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र गृहसचिव टेकनारायण पाण्डे सहभागीता थियो ।