काठमाण्डौँ । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ ।
मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । आज ३ बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छ । कोरोना संक्रमण भएका मतदाताको लागि छुट्टै मतदानस्थलको व्यवस्था मिलाईएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० सदस्य पदमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित एकबाहेक १९ पदमा निर्वाचन भईरहेको हो ।





प्रतिक्रिया