देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२०७८को जनगणनामा लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि समेटियो

देशान्तर

काठमाडौ – नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि जनगणना २०७८ मा समेटिएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।

जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० भित्र ती भेगको जनसङ्ख्या समेत समेटिएको जानकारी दिए । ती भेगमा कति जनसङ्ख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा मात्रै समेटिने विभागले जनाएको छ ।

विभागले ६ महिनाभित्र विस्तृत प्रतिवेदन सार्वजनिक हुने जनाएको छ । गणक आफैं ती भेगमा पुग्न नसकेपछि वैकल्पिक माध्यमबाट जनगणना गरिएको थियो ।