रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ गोङगाङमा आज बुधवार बिहान सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अर्का एक जना घाइते भएका छन् ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा गोसाईँकुण्ड गाउँपालिका ६ ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । घाइते भएका गोङगाङका कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।
उनीहरू दुवै जना सडकमा ग्याबिन पर्खाल लगाउने काम गरिरहेका वडाध्यक्ष टासी छोवाङ तामाङले बताए ।





प्रतिक्रिया