देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राज्यमन्त्रीका सुरक्षाकर्मी मृत भेटिए

देशान्तर

कैलाली । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहराका ‘पीसओ’ अर्थात निजी सुरक्षाकर्मी प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका छन् ।

प्रहरी हवल्दार जोशी धनगढी उपमहानगरपालिका–३ स्थित गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

उनका परिवारका अन्य सदस्यहरू आफन्तको बिहेमा गएको र ऊनी घरमा एक्लै रहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको प्रहरीको भनाइ छ ।