देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित २७ जनाविरुद्ध मुद्दा दायर

देशान्तर

काठमाडौं । चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौं कर्मचारी, नौं वटा सिमेन्ट कम्पनी र अन्य नौं वटा कम्पनीका संचालकहरुसहित २७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।

महानिर्देशक घिमिरेको हकमा १ अर्व २४ करोड रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सप्रमाण पुष्टि हुन आएको देखिदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिमको कसुरमा सजाय हुन मागदावी सहित मुद्धा दायर गरिएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

चुनढुंगा अनियमिततामा संलग्न रहेको अभियोगमा सर्वोत्तम सिमेन्ट, मारुती सिमेन्ट, सिद्धार्थ मिनरल्स, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाईटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चन क्वेरिज र डोलोमाईट चुनढंगा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।