देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंको शंखरापुरमा एक दम्पती मृत फेला

देशान्तर

काठमाडौं – काठमाडौंमा शंखरापुरमा एक दम्पती मृत फेला परेका छन्।

शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएको प्रहरी सहायक निरीक्षक सञ्जय स्याङ्बोले जनाकारी दिए।

उनका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। प्रहरी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान गरिरहेको स्याङ्बोको भनाइ छ।