काठमाडौं– धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको धरान नगरपालिका – ११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका– १५का ७२ वर्षीय पुरूष रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८स् ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७स्४० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो ।
मृतकमा दुवै जनामा दीर्घरोगी तथा लिभरसम्बन्धी समस्या पनि रहेकोे थियो ।





प्रतिक्रिया