देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालको जनसंख्या वृद्धिदर ९ दशक यताकै कम

देशान्तर

काठमाण्डौँ ।  केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको आँकडा सार्वजनिक गरेको छ।

गत मंसिरमा भएको जनगणनाको प्रारम्भिक तथ्याङ्कका अनुसार, देशमा जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत छ।

यसको अन्तिम तथ्याङ्क आउँदा केही तलमाथि हुनसक्ने भएपनि ठूलो घटबढ भने नहुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

१२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले वि.सं. १९८७ को जनगणना पछिकै वार्षिक जनसंख्या वृद्धिदर न्यून भएको जनाएको छ । वि।सं। २०६८ सालको जनगणनामा हेर्ने हो भने वार्षिक वृद्धिदर १।३५ थियो । अहिले त्यो १ भन्दा पनि तल छ अर्थात ०.९३ छ ।

वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक ९(०।०२ प्रतिशत०, पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ९०।२९ प्रतिशत० र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक ९१।५६ प्रतिशत० ले वृद्धि भएको देखिन्छ ।

नेपालमा मात्र हैन विश्वका अन्य देशहरूमा पनि जनसंख्या वृद्धिदर घट्दो क्रममा छ ।

इन्टरनेशनल इन्स्टिच्युट फर सस्टेनेवल डेभलवमेन्टले प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार बढी आय भएका मुलुकहरूमा सबै उमेर समूहका महिलाहरूको प्रजनन दर सन् १९५० देखि नै घट्दो क्रममा देखिएको छ भने मध्यम आय हुने मुलुकहरूका २५(३० वर्षका महिलाहरूको प्रजनन दर स्थिर देखिन्छ भने कम आय भएका मुलुकहरूमा सबै उमेर समूहका महिलाहरूमा घट्दै गएको छ ।

पछिल्ला दिनहरूमा मानिसहरू कम सन्तान जन्माउन थालेपछि जनसंख्या वृद्धिदर कम हुन पुगेको हो । बढ्‍दो महंगी, शिक्षा र पालनपोषणको खर्च बढि भएको कारणले गर्दा अहिले मानिसहरू १ वा दुई सन्तानमै चित्त बुझाउने गरेकोले पनि जनसंख्या घटेको बुझाई छ ।

अर्कोतर्फ धेरै व्यक्तिहरू वैदेशिक रोजगारको शिलशिलामा विदेशमा भएको हुनाले पनि सन्तान उत्पादनमा कमि आएको विश्लेषण गर्न थालिएको छ ।

महिलाहरूले ढिलो विवाह गर्ने र विवाहपछि पनि क्यारिअर बनाउनेतर्फ लागेपछि १ वा बढीमा दुई सन्तान जन्माउने ट्रेन्ड कायम छ, साथै गर्भनिरोधक अस्थाइ साधनहरूमा पहुँच र सहज उपलव्धताले पनि वार्षिक जनसंख्या वृद्धिदर कम हुन गएको हुनसक्छ ।

महानिर्देशक श्रेष्ठ भन्छन् “कसैको बालबच्चा ३ देखि ४ वटा होला, कसैको २ होला, कसैको १ होला, कसैको शून्य होला । तर, समग्रमा २ जना मात्रै सन्तान भए त्यसैले हाम्रो जनसंख्या घट्दोक्रममा रहेको देखियो ।”

अहिले १० वर्षको अन्तरालमा, यसअघि गरिएका जनगणनाहरुको तुलनामा यसपटक प्रजनन दरको अनुमान, जन्मदरको अनुमान फरक भयो । १ जना महिलाले ३ जना बालबालिका जन्माउने भन्ने विगतको अनुमान र तथ्याङ्क थियो, अहिले त्यो १ जना महिलाले २ जना बच्च मात्रै जन्माउने भन्ने देखिएको छ । भर्खरै केन्द्रीय तथ्याङ्क विभागले गरेको बहुसूचक सर्वेक्षणले देखाएको अंक हो । त्यसको आधार भनेको जन्मदर घटेका कारण जनसंख्या घटेको हो ।

जिल्लागत रुपमा जनसंख्याको वृद्धिदरको विश्लेषण गर्दा अधिकांश हिमाली र पहाडी जिल्लाहरूमा जनसंख्या वृद्धिदर ऋणात्मक अर्थात घट्दो क्रममा रहेको देखिएको छ भने तराईका सबै जिल्लाहरूको जननसंख्या वृद्धिदर बढ्दो क्रममा छ ।

२०६८ सालको जनगणनामा हिमाली र पहाडी जिल्लाका २७ जिल्ला रहेकोकोमा अहिले बढेर ३२ जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर घट्दो क्रममा देखिएको छ । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी अर्थात १ दशमलव ८० प्रतिशत वार्षिक जनसंख्या वृद्धि भएको देखिएको छ ।

सबैभन्दा बढी जनसंख्या घट्दो क्रममा रहेका पाँच जिल्लाहरूमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् ।

गत १० वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३ दशमव ८९ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम अर्थात ३ दशमलव १६ प्रतिशतले जनसंख्या थप भएको छ ।

यसैगरी मधेश प्रदेश मा राष्ट्रिय ‌औ‍सतभन्दा बढी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय ‍औसतभन्दा कम र बागमती प्रदेश र प्रदेश १ मा राष्ट्रिय ‌‍औसतको हाराहारीमा जनसंख्या थप भएको छ ।