काठमाडौँ – भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन भएको छ ।
मार्सल टिममा सीआइबीका डिएसपीको नेतृत्वमा एउटा टोली हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिन अघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णप्रसाद श्रेष्ठ पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योजना पहिल्याउन समिति बनाएको थियो ।
समितिको पहिलो बैठकले मार्सल टिम गठन गरेको हो । समितिको पहिलो बैठकमा श्रममन्त्री श्रेष्ठ पनि सहभागी थिए ।
समितिले भिजिट भिसाको नाममा रकम मागेको पहिचान भएका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।





प्रतिक्रिया