देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्काभेटर भाँचिएपछि बकेटमा रहेका एक मजदुर बेपत्ता

देशान्तर

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन दूधकोशी जलविद्युत आयोजनाको सुरुङ मार्गमा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

निर्माणस्थल पञ्चनस्थित सुरुङ मार्गभित्र स्काभेटरले पेनस्टक पाईप लैजाने क्रममा स्काभेटर नै भाँचिएपछि दुर्घटना भएको थियो । स्काभेटर भाँचिएपछि बकेटमा रहेका मजदुर सुरुङभित्र खसेर बेपत्ता भएको बताईएको छ ।

बेपत्ता हुनेमा बाराको कोलभी नगरपालिकाका २४ बर्षिय राकेश चौधरी रहेको बताइएको छ । दुर्घटनामा परी घाईते भएका पर्सा पटेरवा गाउँपालिकाका २० बर्षिय अंगत राय थारुको उपचार भई रहेको छ ।

थारुलाई उपचारको लागि ओखलढुङ्गास्थित मिसन अस्पताल पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएका प्रहरीले जनाएको छ । उनको हाल ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता भएका चौधरी भने आरोलो सुरुङको १ सय ६० मिटर भन्दा तल खसेको अनुमान गरिएको छ ।

बेपत्ता भएका चौधरीको खोजी कार्य जारी रहे पनि सुरुङभित्र रहेका निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।